काठमाडौं – पुनर्जागरण पार्टीको केन्द्रीय समितिलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष श्याम बाबु गौतमले पुराना नेताहरूलाई गाली नगर्ने बताएका छन् ।

“नोकिया ११ सयले कहिल्यै स्मार्ट फोनको बिरोध गर्दैन , पुराना पार्टी र नेताहरू त्यहीँ नोकिया ११ सय हुन् भने युवाहरू स्मार्ट फोन ” गौतमले सम्बोधन गर्दै भने ।

पुराना नेता र पार्टीलाई विस्थापित गर्न नसके नेपाल यथास्थितिमा रहिरहनेछ , ११ सय नोकिया मोडेलमा रहिरहनेछ – स्मार्ट नेपाल चाहिए पुनर्जागरण आवश्यक रहेको गौतमले जिकिर गरे ।

पुनर्जागरण पार्टीको केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ । निर्वाचन आयोगमा दर्ता भएपछि पुनर्जागरण पार्टीले साउन १९ र २० गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो ।

बैंकक भोलि बिहिवार सम्म चल्ने प्रवक्ता सदिक्षा के.सीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0