काठमाडौं – यही हप्ता मात्र निर्वाचन आयोगमा दर्ता भएको पुनर्जागरण पार्टीले केन्द्रिय समिति बैठक बोलाएको छ ।

पुनर्जागरण पार्टीको केन्द्रीय समिति बैठक श्रावण १९-२० गते काठमाडौंमा बोलाइएको छ ।

केन्द्रिय समिति बैठकले नेताहरूको जिम्मेवारी तोक्नेछ । पार्टीले पत्रकार सम्मेलनका लागि धारणा निर्माण गर्नका लागी बैठक बोलाएको प्रवक्ता के.सीले वक्तव्य मार्फत जानकारी दिएकी छिन्।

पुनर्जागरण पार्टीले २१ सदस्यीय केन्द्रिय समिति बनाएको छ ।
पार्टी अध्यक्ष , महामन्त्री र प्रवक्ता चाहिँ टुंगो लगाएर निर्वाचन आयोगमा दर्ता गरेको थियो ।

आयोगले चुनाव चिन्ह वाइफाइ नदिएपछि बलिरहेको मैनबत्ती प्रस्ताव गरेको छ । केन्द्रीय समिति बैठक २ दिन चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0