सुर्खेत । कर्णाली प्रदेश भर मंगलबार (आज) सावर्जनिक विदा दिइएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै साउन शुक्ल पञ्चमी (नाग पञ्चमी ) को अवसरमा कर्णाली प्रदेश सरकारले विदा दिने निर्णय गरेकाे जानकारी दिएको हो ।

गत चैत २९ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ । आज कर्णाली प्रदेशभर रहेका सबै सरकारी तथा सार्वजनिक संघ सस्थाहरूमा सार्वजनिक बिदा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0