धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार पनि नेप्से परिसूचक उच्च अङ्कले बढेको थियो । बजारले आज पनि सोही लय पछ््याउँदै अगाडि बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५४.४५ अङ्कले उकालो लागेर दुई हजार १३२.९६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.०५ अङ्कले उकालो लागेर ४०७.३८ मा पुगेको छ ।

कूल २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर रु चार अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ मूल्यमा खरिद बिक्री भए । यसबाट नेप्से परिसूचक र कारोबार रकममा वृद्धि भएको देखिन्छ ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बैंकिङ २१.५१, व्यापार ५०.३८, होटल तथा पर्यटन ७५.६७, विकास बैंक २१३.३८, जलविद्युत् १०७.१३, वित्त १३८.१९, निर्जीवन बीमा १२५.७७, उत्पादन १७०.०९, अन्य १४.३९, लघुवित्त १८५.९८, जीवन बीमा २१०.७९, सामूहकि लगानी कोष ०.१ र लगानी १.७४ अङ्कले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ४५ अर्ब ७३ करोड ५९ लाख ९८ हजार ३७७ बराबर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0