पछिल्लो २४ घण्टाकाे अवधीमा देशभर थप ३४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
उक्त अवधीमा तीन हजार ८८८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ३६० जनाले पीसीआर र एक हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ९५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ४८९ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै साेहि अवधीमा दुई जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७८ हजार २२८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १७७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५६ पुगेको छ । होम आइसोलेशनमा तीन हजार ३५, संस्थागत आइसोलेशनमा १४२, आईसीयू २२ र भेन्टिलेटरमा दुई जना सङ्क्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0