शेयर कारोबारमापक नेप्से परिसूचक अाज दोहोरो अङ्कले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.२७ अङ्कले बढेर दुई हजार ४५.६९ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३९१.५३ मा पुगेको छ । कूल २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर रु दुई अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ६.५६, व्यापार ३२.४७, होटल तथा पर्यटन २७.४१, विकास बैंक ४१.५८, जलविद्युत् १५.९५, वित्त ४४.२, निर्जीवन बीमा ७२.६, उत्पादन ६४.१९, अन्य ३.१८, लघुवित्त ८१.६२, जीवन बीमा ८०.२२, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.३५ अङ्कले उकालो लागेको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब २१ अर्ब ३५ करोड ३४ लाख ९५ हजार ४६२ बराबर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0