![](https://makalupost.com/wp-content/uploads/2024/07/Screenshot-2024-07-02-222004.png)
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले जसपाबाट बाहिरिए पनि डा भट्टराईले आफू गठबन्धन भन्दा बाहिर नगएको बताउनुभएको जानकारी दिनुभयो ।
नयाँ पार्टी पुनःगठनको तयारीमा रहनुभएका डा भट्टराईले आफू जहाँ रहे पनि गठबन्धनको पक्षमा नै रहेको बताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/Onliine-Khabar-Desktop-900x100-1.gif)