दोस्रो एकदिवसीयमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध सानदार जित निकालेको छ ।
बिहीवार राती लर्ड्समा सम्पन्न खेलमा इंग्ल्यान्डले भारतलाई १०० रनले हराएको हो।

इंग्ल्यान्डले दिएको २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८ ओभर ५ बलमा  अलआउट हुँदै १ सय ४६ रनमै समेटियो ।

भारतका लागि सर्वाधिक हार्दिक पाण्डेया र रविद्र जडेजाले समान २९/२९ रन बनाए । सुर्यकुमार यादवले २७ तथा मोहम्मद सामीले २३ रन बनाए । विराट कोहली १६ रनमा आउट हुँदा अन्य ६ खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

भारतलाई सस्तैमा समेट्न इंग्ल्यान्डका रिच टाप्लेले ६ विकेट लिए ।
यस्तै ब्रान्डन क्रासी,डेबिड बिलि,मोईन अलि र लियाम लिभिङस्टोनले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४९ ओभरमा अलआउट हुँदै २ सय ४६ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि मोईन अलिले ४७ रन बनाए । डेबिड बिलिले ४१ तथा जोनी बेयस्ट्रोले ३८ रन बनाए । जासन रोयले २३ तथा बेन स्टोकले २१ रन बनाए ।

भारतका युजभेन्द्र चाहलले ४ विकेट लिए । जसप्रित बुमराह र हार्दिक पाण्ड्याले समान २/२ तथा मोहम्मद सामी र प्रसिद्ध कृष्णाले समान १/१ विकेट लिए ।

यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-१ को बराबरी बनाएको छ ।
दुई टोलीबीचको तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0