सुर्खेत । कर्णाली प्रदेश भर साउन १ गते सावर्जनिक विदा हुने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मंगलबार सूचना जारी गरि साउने संक्रान्ती तथा देउडा पर्वको अवसरमा कर्णाली प्रेदश सरकारले विदा दिने निर्णय गरेकाे जानकारी दिएको हो ।

गत चैत २९ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ । साे दिन कर्णाली प्रदेशभर रहेका सबै सरकारी तथा सार्वजनिक संघ सस्थाहरूमा सार्वजनिक बिदा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0