धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६८ अङ्कले उकालो लागेर एक हजार ९२७.२८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०९ अङ्कले उकालो लागेर ३६८.९५ मा पुगेको छ ।

कूल २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर रु एक अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ बराबर मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ४८ अर्ब ८० करोड ३६ लाख ५० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । बैंकिङ ४.४४, व्यापार २६.०९, होटल तथा पर्यटन ४१.३८, विकास बैंक २६.३५, जलविद्युत् ३०.१५, वित्त २०.१४, निर्जीवन बीमा ७४.४७, उत्पादन ६५.८९, अन्य ३.०७, लघुवित्त १६.०९, जीवन बीमा ११.१३, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.५७ अङ्कले उकालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0