सुर्खेत । असर नेपाल संस्थाले सुर्खेतको सिम्ता गाउपालिकाका बालबालिकाको आधारभूत शिक्षा मापन गरी गाउँपालिकालाई प्रतिबेदन बुझायको छ ।

संस्थाले सिम्ता गाउपालिकास्थित ९ वडाका ५ देखि १६ बर्ष सम्मका ४८२ बालबालिकाको आधारभुत शिक्षाको सिकाई सर्बेक्षण गरि सिम्ता गाउपालिका लाई प्रतिबेदन बुझायको हो।
असर नेपालका मेम्बर मोहन रानाका अनुसार सिम्ता गाउँपालिकाको शिक्षा क्षेत्रको स्तर उन्नतीका साथै गाउपालिकाको उत्तरदायीत्व बहन गराउन र शिक्षा क्षेत्रको योजना तर्जुमा गर्न सहज बनोस भनी प्रतिबेदन तयार पारी बुझाईएको हो ।

गाउपालिका अध्यक्ष ऐन बहादुर चन्द तथा प्रशासकीय अधिकूत लगायत सरोकारवालालाई जवाफदेहिता र उत्तरदायित्व बहन गराउने उदेश्यले सर्वेक्षण गरि प्रतिबेदन पेस गरेको रानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0