चितवन । चितवनको कालिका नगरपालिकामा रोपाइँमा गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।

कालिका-८ मझुवास्थित कमला विकको खेतमा बुधबार रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरू स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये पाँचजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य ९ जना उपचारपछि घर फर्किएका छन् । घाइतेको अवस्था खतरामुक्त छ । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0