साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लागेर दुई हजार ८६.४२ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.२१ अङ्कले उकालो लागेर ३९८.८२ मा पुगेको छ ।

नेप्सेको उकालो यात्रासँगै कारोबार रकम समेत बृद्धि भएको छ । कूल २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर रु दुई अर्ब ४८ करोड चार लाख ७३ हजार ९९९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ १६.८३, व्यापार १७४.८६, होटल तथा पर्यटन ९४.८७, विकास बैंक ११८.४३, जलविद्युत् १२८.६२, वित्त ६५.९९, निर्जीवन बीमा १८२.८, उत्पादन २५०.४१, अन्य ७२.६७, लघुवित्त १३९.१६, जीवन बीमा १७०.५९, सामूहिक लगानी कोष ०.०६ र लगानी २.३६ अङ्कले उकालो लागेको छ ।

साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ७४ अर्ब ७० करोड ९३ लाख ९३ हजार ७९७ बराबर पुगेको छ । कारोबारका आधारमा नयादी ग्रुप पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड २८ लाख ६९ हजार ८८९ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु आठ करोड ८१ लाख ३८ हजार, शिवम् सिमेन्ट रु ६ करोड ९७ लाख ८५ हजार ९०६, एनआइसी एशिया बैंक रु ६ करोड ८९ लाख आठ हजार ५७४ र नेपाल पुनरबीमा कम्पनी रु ६ करोड २६ लाख ८१ हजार ३८२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0