दोस्रो तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा भारतले आयरल्याण्डलाई हराएको छ । यो सँगै भारतले दुई खेलको सिरिज २-० ले कब्जा गरेको छ । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो  ।

मंगलबार राति भएको खेलमा भारतले घरेलु टोली आयरल्याण्डलाई ४ रनले  हराएको हो ।

भारतले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय २१ रन मात्र बनायो  । 

आयरल्याण्डका लागि कप्तान एन्डी बलबर्नीले सर्वाधिक ६० रन बनाए । पाउल स्ट्रलिङले ४० रन बनाए ।  

ह्यारी टेक्टरले ३९ रन जोड्दा जर्ज डोक्रेलले अविजित ३४ र मार्क एडिअरले अविजित २३ रन बनाए ।

भारतका  भुवनेश्वर कुमार, उमरान मलिक, हर्षल पटेल र रवि बिष्नोईले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुएर २ सय २५ रन जोडेको थियो । भारतका लागि दिपक होडले १ सय ४ रनको शतकीय पारी खेले । यस्तै सञ्जु स्यामसनले ७७ र सूर्यकुमार यादवले १५ रनको योगदान गरे । आयरल्यान्डका मार्क आदिरले ३ तथा क्रेग योङ र जोसुवा लिटलले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0