नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धतिलाई सवल बनाउन जसरी पनि चुनाव जित्नुपर्छ भन्ने गलत मान्यता त्याग्नुपर्ने बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबज ः राष्ट्र निर्माणको आधार’ विषयक गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोहमा पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्र न्याय र समानतामा आधारित व्यक्ति र समाजको जीवन पद्धति भएकाले यसलाई समाजमा स्वीकृति स्थापित गर्ने साधनका रुपमा ग्रहण गर्न आग्रह गर्नुभयो । नेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को सार पनि त्यही भएकामा जोड दिँदै उहाँले जनता र समाजमा रहेका वर्ग, चिन्तन, पेसा, व्यावसाय, मनस्थिति र तिनका समाधानका उपायको खोजी जबजमा रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले शान्तिपूर्ण र संवैधानिक बाटोबाट निहत्था जनतालाई सङ्गठित गर्दै समाज परिवर्तन र न्याय प्राप्तिका लागि जनताले सङ्घर्ष गर्दै आएको र त्यही माध्यमबाट परिवर्तन स्थापना गरेको सन्दर्भ उल्लेख गर्दै न्यायपूर्ण र सङ्गठित दबाबको सचेत प्रयासबाट मानव समाजभित्र रहेका विकृतिको अन्त्य गरी शान्ति र समृद्धि स्थापना गर्न सकिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0