हुम्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका छन् भने सदरमुकाम सिमकोटमा पसलहरुमा महङ्गी भई उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ ।
विकास निर्माणहरु पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण कार्य पनि ठप्प भएको छ । स्थानीय बासिन्दा महङ्गीमा परेको कृषक परेकबहादुर रोकायाले बताउनुभयो । उहाँले हुम्ला जिल्लामा खाद्यान्नको समस्या रहेको समेत जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0