राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलिया र इजरायलका लागी राजदूत नियुक्त गर्नुभएको छ ।
अष्ट्रेलियाका लागि कैलाशराज पोखरेललाई र इजरायलका लागि कान्ता रिजाललाई नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0