नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।
युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो ।
युएई भने फाइनल प्रवेश गरेको छ । समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनल पुगेको हो ।
नेपाल सेमिफाइनलबाट बाहिरिएपछि एसिया कप क्रिकेटमा छनोट हुन पनि असफल भएको छ । 

फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

मलेसियाको किनरारा ओभलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो । तर, भारी वर्षाको कारण नेपालले ब्याटिङ नगर्दै खेल रद्द भयो । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनाएको थियो ।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् ।इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन जोडिन् ।  यस्तै खुसी शर्मा १२ रनमा आउट भईन् ।  
उत्कृष्ट बलिङ गरेकी  नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिईन् । यस्तै  इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0