पाकिस्तानले श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि टोलीको घोषणा गरेको छ । पाकिस्तानले बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

राष्ट्रिय टोलीमा अलराउण्डर एघा सलमानले पहिलो पटक स्थान बनाएका छन् । यस्तै यासिर साह टेस्ट टोलीमा फर्किएका छन् ।

पाकिस्तानले घरेलु टोली श्रीलंकासँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट जुलाई १६ र दोस्रो टेस्ट जुलाई २४ मा हुनेछ ।

पाकिस्तान को टिम :-