अन्तिम तथा निर्णायक खेल नतिजा विहिन भएपछि भारत र दक्षिण अफ्रीकाबीचको ५ खेलको सिरिज २-२ को बराबरीमै सकिएको छ ।

बैंग्लुरुमा गयराती भएको अन्तिम तथा पाँचौं टी-ट्वान्टी क्रिकेट वर्षाको कारण रद्द भएपछी सिरिज २-२ को बराबरीमा सकिएको हो ।
टस हारेर ब्याटिङ गरेको भारतले ३ ओभर ३ बलमा २ विकेट गुमाएर २८ रन जोडेको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षाको कारण खेल पुन: हुन सकेन ।
भारतका ईशान किशन १५ रनमा आउट भए । ऋतुराज गायकवाडले १० रन बनाएका थिए ।
दक्षिण अफ्रिका लुन्गी एनगिडीले २ लिएका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0