एसीसी महिला टी २० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै ४ विकेटको क्षतिमा १०७ रनको योगफल तयार गरेको थियो ।
१ सय ८ रनको लक्ष्य पाएको कुवेतले पूरा ओभरमा ७ विकेट गुमाएर मात्रै ८२ रन बनायो ।

कुवतेका लागि प्रियदा मुरालीले सर्वाधिक ३१ रन जोडिन् । यस्तै मरियम्मा हेदरले १६ तथा कप्तान अम्ना तारिकले १४ रन जोडिन ।

नेपालका लागि सीता राना मगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । यस्तै संगीता राई, इन्दु वर्मा र अस्मिना कर्माचार्यले एक-एक विकेट लिए ।

यसअघी पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३४ रन बनाउँदा इन्दु वर्माले २८ रन जोडेकी थिइन् । यस्तै ओपनर ज्योति पाण्डेले १५, विन्दु रावलले ११ रन जोडिन ।

कुवेतका लागि मरियम्मा हैदरले दुई तथा मरियाम ओमार र खदिजा खालीले एक-एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0