बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ ।
बिक्रि प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार दिउँसो ३ बजे शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले जेठ २० गतेदेखि  जेठ २५ गतेसम्म सर्बसाधारणका लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ६० हजार कित्ता कर्मचारी र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो।  बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका दिए ।   

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा १७ लाख ९१ हजार ८ सय ९५ जनाको आवेदन परेको थियो ।

जसमध्ये गोलाप्रथाबाट १ लाख ३६ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताको दरले शेयर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0