काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार ९७८.९४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अङ्कले उकालो लागेर ३८१.८३ मा पुगेको छ । कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर रु एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर उकालो लाग्यो भने लगानी उपसमूहको शेयर मूल्य भने ओरालो लाग्यो । बैंकिङ ६.३८, व्यापार २३.५७, होटल तथा पर्यटन १२.२५, विकास बैंक २२.८, जलविद्युत् ८.५२, वित्त १४.०४, निर्जीवन बीमा ३४, उत्पादन २५.४१, अन्य ३६.६९, लघुवित्त ३९.१५, जीवन बीमा ५.०९ र सामूहिक लगानी कोष ०.१ अङ्कले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह ०.०६ अङ्कले ओरालो लागेको छ ।