इङलिस प्रिमियर लिग सिजन २०२२/२३ को खेल तालिका सार्वजनिक भएको छ ।
बिहीबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार अगस्ट ६ बाट पहिलो चरणका खेलहरु सुरु हुनेछन ।
पहिलो चरणको पहिलो खेलमा क्रिस्टल प्यालेस र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । खेल क्रिस्टल प्यालेसको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुनेछ ।त्यसै दिन फुलह्याम र लिभरपुल, बर्नमाउथ र एस्टन भिल्ला, न्यूक्यासल र नटिङ्घम फरेस्ट, लेस्टर सिटी र ब्रेन्टफ्रोर्ड तथा टोटेनह्याम र साउथ ह्यामटनबीच पनि प्रतिस्पर्धा हुनेछ ।
यस्तै लिड्स युनाइटेड र वोल्भ्स, एभर्टन र चेल्सी खेल्ने तालिका छ । पहिलो चरणको बाँकी खेल अगस्ट ७ मा हुनेछ । अगस्ट ७ मा च्याम्पियन सिटीले वेस्ट ह्यामसँग भिड्दै सिजनको सुरुवात गर्नेछ । म्यान्चेस्टर युनाइटेडले ब्राइर्टनसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो चरणको खेलहरु अगस्ट १३ देखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0