आइसिसी विश्वकप लिग–२ मा नेपाल  घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा गयराती भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । 

अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल
४७ दशमलव ४ ओभरमा अल आउट हुँदै २०६ रनमै समेटियो ।
नेपालका लागि आरिफ शेखले ७६ बलमा तीन चौकासहित सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै सोमपाल कामीले ७२ बलमा एक चौकाको मद्दतमा ४७ रन बनाए । छैटौं विकेटका लागि शेख र कामीबीच १०६ रनको साझेदारी भएको थियो । ओपनर कुशल भुर्तेलले १०, आसिफ शेखले १८, देव खनालले ३४ र रोहितकुमार पौडेलले १६ रन बनाए ।  अमेरिकाका सौरभ नेत्रवालकर र अली खानले तीन-तीन तथा नोथुश केंजिगे र निसर्ग पटेलले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले पूरा ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंहले ६० बलमा ५ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै सुशान्त मोदानीले ८३ बलमा सात चौकासहित ५४, आरोन जोन्सले ४३, साइतेजा मुक्कामल्लाले ३६, निसर्ग पटेलले अविजित १८ र क्यामरन स्टिभन्सले अविजित १६ रन बनाए । 
नेपालका करन केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह एैरीले एक एक विकेट लिए । 
अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो। 
आइसिसी विश्वकप लिग–२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अङ्क जोडेको छ । नेपाल लिग–२ मा पाँचौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0