आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ ।

गयराती अमेरिकाको टेक्ससमा भएको खेलमा नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले पराजित गरेको हो ।

मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्रै ३ विकेटको क्षतिमा पूरा गर्यो । 

नेपाललाई जित दिलाउन आसिफ शेखले ६२ रन, कुशल भुर्तेलले ५६ र देव खनालले १० रन बनाउँदा रोहित पौडेल २६ र दिपेन्द्र सिंह ऐरि ६ रनमा अविजित रहे ।

ओमानका फायज बुटले २ तथा खवर अलिले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो।

ओमानका लागि कप्तान जिशन मक्सुदले ५२ रन,सन्दीप गौडले ४७ रन जोड्दा जतिन्दर सिंहले २३ रन जोडे ।

ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ विकेट, कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

यो जितसँगै नेपाल १५ खेलबाट १५ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ ।

ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।
नेपालले ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ  ।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो ।

अब नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार ( आज ) राति खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0