आदर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि १ सय रुपैयाँ अंकित ६७ हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।

कुल निष्कासित सेयरमध्ये कर्मचारीका लागि १ हजार ३५ कित्ता सेयर छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ३ हजार ३५० कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन ।

आजदेखि खुलेको आईपीओमा असार ६ गतेसम्म आवेदन दिन सकिने छ । यस अवधिमा मागअनुसारको आवेदन नपरेमा असार १५ गतेसम्म आवेदन मिति पुर्याइने सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0