आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार तेस्रो खेल खेल्दैछ ।

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उक्त खेल नेपाली समय अनुसार राति ९:१५ बजेपछि सुरु हुनेछ ।

आज ओमानलाई हराउँदै नेपाल पहिलो जित दर्ता गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो ।

यस्तै शिर्ष स्थानमा रहेको ओमान पनि नेपाललाई हराउँदै अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
नेपाल भने १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नेपालले अन्तिम खेल अमेरिकाविरुद्ध बुधबार खेल्नेछ  । शनिबार भएको नेपाल र अमेरिकाबीचको खेल टाइ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0