आइतबारको सार्वजनिक विदा खारेज भएसँगै सरकारले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ।

मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई दिन शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो। 
आइतबारको विदा खारेजीसँगै गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो। जस अनुसार देशभरका सवै सरकारी कार्यालयहरुमा आईतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०:०० देखि अपरान्ह ५:०० बजेसम्म हुने छ।

यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने छ। 

त्यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0