आगामी वर्ष आयोजना हुने एएफसी एसियन कप फुटबलका लागि भारत छनोट भएको छ ।

एसियन कप छनोट अन्तर्गत समूह बी को प्यालेस्टाइनले मंगलबार फिलिपिन्सलाई ४-० ले हराएपछि भारतले एसियन कपमा स्थान पक्का गरेको हो ।

छनोटको समूह डी को भारतले आफ्नो अन्तिम खेल खेल्नु अघि नै एसियन कपमा स्थान बनाएको हो ।

समूह चरणको अन्तिम खेलमा भारतले मंगलबार हङकङसँग खेल्नेछ ।

यस समूहमा भारत २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । हङकङ ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।  

अब भारतलाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । किनकी फिलिपिन्सको हारसँगै भारत उत्कृष्ट उपविजेता बन्ने पक्का भएको छ ।
भारत पाँचौं पटक एसियन कपमा छनोट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0