एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले तेस्रो तथा अन्तिम खेलको इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

बलियो टिम इन्डोनेसियाविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा समेत रहेको छ  ।

यस अघि नेपालले लगातार दुई खेल गुमाईसकेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० र शनिबार भएको दोस्रो खेलमा कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।

इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।
नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भईसकेको छ ।