एजेन्सी –घरेलु टोली पाकिस्तानले वेस्टइन्डिजमाथिको तीन ओडिआई खेलको सिरिज क्लिनस्विप गरेको छ ।

गयराती भएको सिरिजको अन्तिम खेलमा पाकिस्तानले वेस्टइन्डिजलाई डकवर्थ लेविसको पद्धतिको आधारमा ५३ रनले हराउँदै क्लिनस्विप गरेको हो।

जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३७.२ ओभरमा अलआउट हुँदै २ सय १६ रनमा समेटिएको थियो । वेस्टइन्डिजका लागि अकिल हुसैनले ३७ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । केसी कार्टी ३३, शाई होप २१, काइल मेयर्स ५, शम्राह ब्रुक्स १८, निकोलस पुरन ११, रोभम्यान पावेल १०, किमो पाउल २१ र रोमारियो शेफर्ड १६ रनमा आउट भए ।

पाकिस्तानका शादब खानले ९ ओभरमा ६२ रन खर्चेर ४ विकेट लिए । हसन अली र मोहम्मद नवाजले समान २–२ विकेट तथा मोहम्मद वासिम जुनियर र शाहनवाज दहानीले १–१ विकेट लिए ।

त्यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४८ ओभरमा ९ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो । पाकिस्तानका लागि उपकप्तान शादब खानले सर्वाधिक ८६ रनको योगदान दिए ।

ओपनर ईमाम उल हक ६२ रनमा, जमान ३५, मोहम्मद रिजवान ११ र मोहम्मद हरिस शून्यमा आउट भए । कप्तान बाबर आजम एक रनमा एलबीडब्लू आउट भए । खुशदील शाह ३४, नवाज ८ र मोहम्मद वासिम जुनियर ६ रनमा आउट भए ।

वेस्टइन्डिजका निकोलस पुरनले ४ विकेट लिए । किमो पउल २, जयडेन सेल्स, हेजेन वाल्श जुनियर र अकिल हुसैनले १–१ विकेट लिए ।
खेलको म्यान अफ द म्याच शादब खान तथा प्लेयर अफ द सिरिज ईमाम उल हक घोषित भए ।

पाकिस्तान पहिलो ओडिआई खेलमा पाँच विकेट र दोस्रो खेलमा १ सय २० रनले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0