बालश्रम बिरुद्धको बिश्व दिबश को अबसरमा राष्ट्रिय बाल संरक्षण सञ्जालले बालश्रम, बसाई सराई र बेचबिखन का बारेमा राष्ट्रिय संबाद सम्पन्न गरेको छ । राष्ट्रिय बाल संरक्षण सञ्जालले आयोजना गरेको उक्त कार्यक्रम को सहकार्य डुकम गन्तव्यविहीन यात्रामा बालबालिका: बालसंरक्षण राष्ट्रिय अभियान ,स्वतन्त्रता अभियान, चाईल्ड नेपाल, आसमान नेपाल, बर्ड भिजन, र सिडिएसको रहेको थियो । यस बर्षको नारा बालश्रम अन्त्यका लागि बिश्वब्यापी सामाजिक सुरक्षा रहेको ले यसै अबसरमा समेत अन्र्तकृया भएको थियो । बालश्रम अन्त्यको लागि बिश्वब्यापी समाजिक सुरक्षा सुनिश्चितताको लागि समेत अन्र्तकृयाको बिषय बस्तु बनेको थियो ।
राष्ट्रिय बाल संरक्षण सञ्जाल का अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षतामा संचातिल कार्यक्रममा अतिथीहरु श्रम रोजगार तथा समाज कल्याण मन्त्रालयका सह सचिब डा. दिपक काफ्ले, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारि निर्देशक मिलन राज धरेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप सचिब शान्ति राज प्रसाईको रहेको थियो । एनएसिजि का संयोजक बेनु माया गुरुगंले बालश्रम, बसाई सराई र बेचबिखन का बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाले यो बिषयहरु अन्र्तसम्बन्ध भएकोले बाल श्रम भएको ब्यक्ति बेचबिन मा पर्न सक्ने समेत बताउनु भएको थियो । यो समस्या समाधान गर्न सबैको सहकार्य हुन आबश्यक रहको उहाले बताउनु भउको थियो ।
श्रम रोजगार तथा समाज कल्याण मन्त्रालयका सह सचिब डा. दिपक काफ्लेले बाल श्रम निबारणको निम्ती राष्ट्रिय गुरु योजना को प्रभाबकारि कार्यान्वयन र सामाजिक सस्थाहरुले यसै गरि अन्र्तसंबाद लगायतका कृयाकलाप गरि बिषय उठान गरिरहन पर्ने कुरा बताउनु भएको थियो । उहाले सरकारले अबश्यकताको आधारमा कानुनको संसोधन गनु पर्ने, कानुनको प्राभाबकारि कार्यान्वयनको लागी सरकार कटिबद्ध रहेको, स्थानीय तहमा संरचनाहरु निर्माण हुने क्रममा रहेको बताउनु हुदै अब बाल श्रम स्थानीय सरकारको सरोकारको बिषय बन्नु पर्ने बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारि निर्देशक मिलन राज धरेलले बाल श्रम बिकाशको बाधक तत्व भएकोले स्थानीयतहमा बाल श्रमको मुद्धा जोडन पर्ने बताउनु भयो । उहाले बाल श्रम अन्त्यको लागी सरकारले राष्ट्रिय गौरबको बिषय बनाउन पर्ने कुरामा जोड्नु हुदै बाल संरक्षण प्रणालिको सुर्दढिकरण भएमा बालश्रम अन्त्य गर्न सहज हुने समेत बताउनु भएको थियो । उहाले बाल श्रम निषेध र नियमित गर्ने ऐन २०५६ को समय सापेक्ष संसोधन हुन आबश्यक रहेको समेत बताउनु भएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप सचिब शान्ति राज प्रसाईले बाल श्रम अन्त्य गर्ने ऐनको प्रभाबकारि कार्यान्वयन का लागि सबैको समन्वय र सहकार्य हुन पर्ने, बाल संरक्षण तथा बाल श्रमको अन्त्यको लागि स्थानीय तहमा रहको संयन्त्रको परिचालन प्रभाबकारि रुपमा हुन पर्ने, बिधालयमा हुने ड्रप आउट दर घटाउदै लान पर्ने, बाल बिबाहले बालश्रममा धकेल्ने समेत भएकोले यस तर्फ ध्यान दिन पर्ने र अब पालिका जिम्मेबार हुदै श्रोत मै कार्य गर्नु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा बाल अधिकार अभियन्ताहरु तारक धिताल, किरण थापा, ऋतु भट्ट राई, कृष्ण चन्द्र आचार्य, मोहन दंगाल, कबिता शाह, तिलोत्तम पौडेल, राजेश शर्मा, शन्तराम डंगोल, रबिन नेपाली, मणीराम आचार्य, बैजन्ति कार्कि, लाल बा ओली, अनिता पाण्डे लगायतका ले बाल श्रम अन्त्यका लागी सरकारले चाल्ने कदममा नागरिक समाज ले सहकार्य गर्ने बताउनु हुदै दिगो बिकाश लक्ष्य पुरा गर्न बाल श्रम अन्त्य हुन पर्ने भएकोले सरकारलाई यस तर्फ कृयाशिल हुन आग्रह गरिएको थियो ।
कार्यक्रमको सभाध्यक्षता गरिरहनु भएको राष्ट्रिय बाल संरक्षण सञ्जाल का अध्यक्ष प्रकाश खतिवडाले कार्यक्रमको समापन गर्नु हुदै बालश्रम, बसाई सराई र बेचबिखन एक अर्कामा अन्र्तसम्बन्धित रहेको, बाल श्रम निबारणको लागि सरकारले अगाडि ल्याएको राष्ट्रिय गुरु योजनाको प्रभाबकारि कार्यान्वयनको लागी नागरिक समाज र सरकार बिचको समन्वय र सहकार्य हुन पर्ने भएकोले सहकार्यको लागि नागरिक समाज तयार रहेको बताउनु भयो । उहाले दिगो बिकाश लक्ष्य को ८.७ एलायन्स स्थानीय तह सम्म कृयाशिल गराउन बिकाश का साझेदार संस्थाहरु समेत संलग्न हुन आग्रह गर्नु हुदै बाल श्रम मुक्त स्थानिय तह घोषणा कार्यबिधि २०७७ अनुरुप को कार्य गर्न राष्ट्रिय बाल संरक्षण सञ्जाल र यसमा आबद्ध सस्थाहरु कृयाशिल भईरहेको समेत बताउनु भयो ।