श्रीलङ्काले इन्धन खरीदमा कठिनाइलाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक ईंधन कोटा प्रणाली शुरु गर्ने यहाँका ऊर्जा मन्त्रीले आइतबार बताउनुभएको छ ।
सबै सवारी चालकलाई सबैभन्दा नजिकको पेट्रोल स्टेसनमा दर्ता गरिनेछ र जुलाईको पहिलो हप्तादेखि कोटा पेश गरिने विद्युत तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सवारी चालकहरूलाई इन्धन भर्ने स्टेशनमा दर्ता गराएर वित्तीय अवस्था स्थिर बनाई २४ घण्टा विद्युत आपूर्ति र इन्धनको अविच्छिन्न आपूर्ति गर्न नसक्दासम्म उनीहरूलाई साप्ताहिक कोटा तोक्नुको विकल्प छैन ।”

“विदेशी मुद्राको अभावलाई ध्यानमा राख्दै राज्यको स्वामित्वमा रहेको इन्धन वितरक सिलोन पेट्रोलियम निगमले एक हप्तासम्मका लागि मात्र इन्धन आयात गर्नेछ,” विजेसेकेराले भन्नुभयो ।

केही सवारी चालक तथा अन्य व्यक्तिहरूले आफ्नो मेसिन तथा जेनेरेटरको लागि एक महिना वा त्योभन्दा बढी इन्धन सङ्कलन गर्न गरेकोले इन्धनको अभावबीच थप समस्या आएको उहाँको तर्क थियो ।

श्रीलङ्काले फेब्रुअरीदेखि इन्धन अभावको सामना गर्दै आएको छ र इन्धनको लागि लामबद्ध हुनु मानिसहरूको दैनिकीको एक भाग बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0