बुटवल – युवा नेत्री संगिता भट्टराईले आगामी आम निर्वाचनमा युवाहरूको उल्लेखनीय हस्तक्षेप हुनुपर्ने बताएकी छिन् ।

बुटवलमा भएको स्वतन्त्र युवाहरूको भेलालाई सम्बोधन गर्दै भट्टराईले देशमा नयाँ शक्ति आवश्यक रहेको र त्यसका लागि युवाहरू अग्रसर हुनुपर्नेमा जोड गरिन ।

संगीता भट्टराई इन्जिनियर हुन् , आम निर्वाचनमा प्रतिस्पर्धा गर्ने मनसायमा छन् । दाङ घर भएकी भट्टराई इन्जिनियरिङमा स्नातकोत्तर गर्दै छिन् । देशलाई कसरी बनाउनुपर्छ भन्ने योजना र दृढता युवाहरूमा भएको कारण प्रतिनिधिसभमा बलियो उपस्थिति हुनुपर्ने कुराको वकालत गर्दै आएकी भट्टराई दाङ निवासी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0