नान्चाङ चीन । चीनको जियाङ्सी प्रान्तमा मे २८ देखि जुन १० सम्मको भीषण वर्षा र बाढीबाट ११ लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

प्रान्तले शनिबार साँझ ६ बजे (बेइजिङ समय) देखि बाढी-नियन्त्रण आपतकालीन प्रतिक्रिया शुरु गरेकोप्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दे जनाएको छ ।

संयन्त्रले तल्लो क्षेत्रहरूमा खतरनाक बाहिरी बिजुली आपूर्तिहरू काट्न, मानिसहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न र शहरहरू, खेतबारी र माछापोखरीहरूको ड्रेनेज प्रणाली जाँच गर्न सुझाव दिएको थियो।

अत्यधिक मौसमले खेतबारी र घरहरू ध्वस्त पारेर २.६५ अर्ब युआन (लगभग ४०० मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक नोक्सान गरेको बताइएको छ। यस अवधिमा करिब ८३,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

मौसम विभागले भविष्यवाणी अनुसार जियाङ्सीमा जुन १२ देखि १४ सम्म उत्तरबाट दक्षिणतिर सर्ने आँधी र केही क्षेत्रमा भारी वर्षा हुने अनुमान गरिएकाे छ। (रासस-एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0