काठमाडौं – इमानदार र अब्बल रास्ट्रसेवकको छवि बनाएका सर्वेन्द्र खनालले देश बनाउने हो भने युवाहरूलाई दुस्साहसपुर्ण निर्णय लिन आग्रह गरेका छन् ।

बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा स्वतन्त्र युवाहरूको भेलालाई सम्बोधन गर्दै सर्वेन्द्रले युवाहरूले साथ दिए आफू नेतृत्व गर्न तयार भएको बताएका छन् ।

देशमा भएको बेथिति विरुद्ध युवाहरू दृढतापुर्वक लड्ने समय आएको बताए ।

नेपाल प्रहरीका पुर्व महानिरीक्षक सर्वेन्द्र खनालको राजनैतिक दौडधुप निकै बढेको छ । अब्बल र इमानदार प्रहरीको छवि बनाएका खनालले राजनैतिक रूपमा अगाडि बढ्ने संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0