प्रदेश राजधानी वीरेन्द्रनगरमा अत्याधुनिक किचन बारसहित दोहोरी साँझ सञ्चालनमा आएको छ । लेजेन्ड गु्रप अफ कम्पनी प्रालिले वीरेन्दनगर ६ न्यूरोडमा ‘भिन्टेज किचन बार तथा चौतारी दोहोरी साँझ’ विहीबारदेखि सञ्चालनमा ल्याएको हो ।
दोहोरी साँझको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले गरे । किचन बार तथा दोहोरी साँझको उद्घाटन गर्दै उनले लगानीकर्ताको लगानीको सुरक्षा नभएसम्म पाहुनाले राम्रो सुविधा नपाउने र व्यवसायी जोखिममा पर्ने खतरा रहेको बताए । मनोरञ्जनमुलक व्यवसायले प्रदेश राजधानीको विकासमा टेवा पुग्ने भन्दै उनले व्यवसायीको आम कर्णालीबासीको सहयोगको खाँचो औंल्याए । कार्यक्रममा वीरेन्द्रनगर ६ का वडाध्यक्ष जनकबहादुर रावलले दोहोरी साँझले कर्णालीको कला संस्कृतिको प्रर्वद्धनमा मद्दत पुग्ने विचार व्यक्त गरे । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले रोजगारी सिर्जना गर्नमा किचन बार तथा दोहोरी साँझ ठूलो प्लेटफर्म रहेको बताए । व्यवसायीलाई सफल बनाउन सबै कर्णालीबासीको दायित्व रहेको उनको भनाई थियो । लगानीकर्ताको तर्फबाट बोल्दै उपेन्द्र खड्काले रेष्टुरेन्ट र दोहोरी साँझ आउने ग्राहकको पूर्ण सुरक्षाको ग्यारेन्टी गरिएकाले ढुक्क भएर सेवा लिन आग्रह गरे ।
कम्पनीमा सुर्खेतका युवा व्यवसायी उपेन्द्र खड्का, डम्बर गौतम, विशाल ढकाल र मानव बमको साझेदारी छ । यो समूहले यस अघि फेसियल हाउस, हर्बल स्पा सञ्चालनमा ल्याइसकेको छ । तीन करोड लगानीमा एउटै घरमा फेसियल हाउसदेखि रेष्टुरेन्ट, बार, दोहोरी साँझ व्यवसाय शुरु गरेको लगानीकर्ताले जनाएका छन् । फेसियल हाउसको तेस्रो तलामा दोहोरी साँझ, चौथो तलामा रेष्टुरेन्ट, र पाँचौ तलामा बार सञ्चालित छ । लिफ्ट सुविधा, पार्किङ क्षेत्रदेखि बारसम्म अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0