नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
आइतबार मध्यरातीदेखी लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेल को मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाइएको निगमले जानकारी दिएको छ ।
मूल्य बढाईएपछी अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ र डिजेल/मट्टीतेलको प्रतिलिटर १ सय ६३ रुपैयाँ पर्नेछ ।
यस्तै निगमले  खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि २ सय रुपैयाँ बढाएको छ । अब ग्यासको मूल्य प्रतिसिलिण्डर १८ सय पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0