सुर्खेत – सिम्ता गाउँपालिकाको अध्यक्षपदमा ऐन बहादुर चन्द बिजय भएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चन्दले चुनाव जित्नुमा पार्टीका नेता कार्यकर्ताको महत्त्वपूर्ण भुमिका रह्यो । पर्दा अगाडि देखिने पात्र भन्दा पछाडिका पात्रको पनि चुनाव जिताउन उत्तिकै भुमिका हुने गर्दछ ।

सिम्ता गाउँपालिका निर्वाचनका चुनावी कमाण्डर सुन्दर मल्ल थिए । अध्यक्षका उम्मेदवार सङ निर्वाचन अभियानमा दिनरात मल्ल लागिरहेका थिए । टिकट पाएको दिनदेखि चन्दको चुनावी कमाण्डरको रूपमा सुन्दर मल्लले भुमिका निर्वाह गरे ।

मल्लले एकछिन पनि विश्राम लिएनन । उनलेे भोक,निद्रा र प्यासलाई तिलान्जनी दिदै सतिसाल झै दिनरात चुनावी अभियानमा सकृय रहे । अध्यक्षको निर्वाचन खर्च जुटाउने देखि आमसभाका लागी आवश्यक यातायात,साउन्ड तथा अन्य बन्दोबस्ती मल्लको नेतृत्वमा भयो । उनले उपाध्यक्ष देखि वडा अध्यक्षका उम्मेदवारहरु सङ समन्वय गरिरहेका थिए ।

मल्ल अध्यक्ष चन्दका दाहिने हात थिए , चुनाव जिताउन उनको भुमिका महत्त्वपूर्ण रहेको सिम्ताभरी विश्लेषण भैरहेको छ ।

अध्यक्षमा निर्वाचित चन्दका छोरा दिपेन्द्र भन्छन् ” सुन्दर दाइ नभएको भए हामीलाई चुनाव लड्न गाह्रो हुन्थ्यो , उहाँको उपस्थिति सिम्ताली राजनीतिमा सदैव गर्व गर्न लाएक हुनेछ ” ।

अध्यक्षमा निर्वाचित चन्दले पनि सुन्दरलाई विश्वास गरे, आफैं सङ हिडाए । चन्द भन्छन् ” सुन्दरको उपस्थितिले मलाई धेरै सहज भयो ” ।

स्थानीय तहको निर्वाचनमा सुन्दर मल्ल जस्ता देशभर थुप्रै योद्धाहरु छन् , पर्दा पछाडीका हिरो मध्य सुन्दर मल्ल सिम्तामा चर्चामा रहिरहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0