सुर्खेत । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो ।
कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार ३ः ३० बजे मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।

मृत्युको कारण खुल्न नसकेको उहाँले जानकारी दिनुभयो । मृतकको शब पोष्टमाटमका लागि जिल्ला अस्पतालमा लगिएको उहाँले बताउनुभयो । साथै, घट्नाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0