अछाम ।  तुर्माखाँद गाउँपालिकाको वडा नम्बर १ रहफमा नेकपा (मओावादी केन्द्र)बाट वडा अध्यक्ष पदमा नरेन्द्र लम्सालको उम्मेदवारी परेको छ । सामाजिक कार्यमा समेत सक्रिय लम्साल राम्रो छविकारुपमा परिचित हुनुहुन्छ ।
लम्सालेले निर्वाचनमा आफुलाई अत्याधिक बुहमतका साथ विजयी गराउनका लागी सम्पुर्ण रहफवासिमा अनुरोध र आग्रह समेत गर्नुभएको छ ।

उहाँ लामो राजनीतिक अनुभव भएको व्यक्तित्व हुनुहुन्छ । राजनैतिक रुपमा मात्रै नभइ हरेक क्षेत्रमा उतिकै अनुभवी र कुशल प्रशासकको रुपमा परिचित हुनुहुन्छ ।

जनताका प्रत्यक्ष जनजिविका सवालमा अतिलोकप्रीय रुपमा आफुलाई चिनाउन सफल लम्सालले रहफको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत लगायत पुर्वाधारमा विशेष जोड दिई सम्रग देशकै नमुना वडाको रुपमा चिनाउन हरसम्भव प्र¥यास गर्ने बताउनुभयो ।

घरघरमा खानेपानीको धारा, कृषिमा आत्मनिर्भर बनाउँन विभिन्न तालिम तथा सिंचाईको व्यवस्था, वडामैत्री विकास मोडल बनाएर युवा लक्षित स्वरोजगारका कार्यक्रमहरु अगाडि बढाउने लम्सालको योजना छ ।
प्राविधिक शिक्षामा जोड, पर्यटन पूर्वाधार विकास, महिला, बालबालिका, अपाङ्ग र जेष्ठ नागरिक लक्षित कार्यक्रमको लागु गरिने उनको योजना रहको छ ।

भ्रष्टाचाररहित सुशासन यूक्त तथा घरेलु हिन्सा मुक्त रहफ बनाउने योजना रहेको उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, सडक, विजुली, सञ्चार जस्ता पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0