दैलेख । नेकपा एमालेले युवा नेता तिर्थ कुमार रावतलाई महाबु गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।

युवाका माझमा लोकप्रिय मानिने रावतलाई एमालेले सर्वसम्मत उम्मेदवार बनाएको हो ।

रावतलाई उम्मेदवार बनाउँदा अन्य पार्टिका भोट पनि तान्न सकिने र रावतसँग त्यो खुबी भएकोले उनले चुनाव जित्न सक्ने स्थानीय एमाले नेताहरु बताउँछन ।
एमालेले मनोनयन दर्ता भने सोमबार गर्ने तयारी गरेको छ ।

२०७४ सालको निर्वाचनमा उक्त वडा काङ्ग्रेसले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0