विष्णु सापकोटा,सुर्खेत ।
बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको माहोल हाल कर्णालीमा पनि निकै नै बढ्दो छ ।
कर्णालीको मुख्य राजनीतिक केन्द्रका रुपमा रहेको सुर्खेतमा भने निर्वाचनको माहोल अन्य जिल्ला भन्दा बढिनै सरगर्मी छ ।
सुर्खेतका ९ ओटा पालिकामा कुनै पार्टीले केही पालिकामा आफ्ना उमेदवारको टुङ्गो लगाई सकेका छन भने गठबन्धनसहित बहुमतको दाउमा रहेको काङ्ग्रेसले भने गठबन्धनको तालमेल नमिल्दा अझै कुनै पनि पालिकाको उम्मेद्बार टुङ्गो लगाउन सकेको छैन ।
सुर्खेतको सिम्ता गाउँपालिकामा भने पार्टीले गठबन्धनरहित नेपाली काङ्ग्रेसका ४ जनालाई अध्यक्ष पदका लागि जिल्लामा सिफारिस गरेको छ ।
पार्टीको सिफारिसमा सिम्ता गाउपालिका सभापती बिरेन्द्र रावत ,सचिव चन्द्र हमाल, क्षेत्र नम्बर १ प्रदेश (क )का उप- सभापति भिम बहादुर मल्ल र क्षेत्र नम्बर १ का सचीव मोहन राना परेका छन ।
नेपाली काङ्ग्रेसमा युवा प्रेरणाका रुपमा चिनिने मोहन राना भने अन्य उम्मेदवार भन्दा अलि पृथक छ्न ।
नेपाली काङ्ग्रेसको युवा नेतृत्वले स्थान पाउन चाहिँ निकै कठिनाई देखिन्छ । अग्रजहरु लाई स्थान,नयाँ नेतृत्वको स्वामित्व जोगाउने यहि होडबाजीका बिचमा उदयमान नाम हो मोहन राना ।
युवाहरुको नयाँ जोसजागरले र योजनाले राजनितिक बाट समाज र देश परिवर्तन गर्न सकिन्छ भने सोच भयका राना नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशनबाट सुर्खेत क्षेत्र नम्बर १ का निर्वाचित क्षेत्रीय पाटी सचीव हुन । सानै देखि प्रखर र उदाहरणीय स्वभावक राना १५ बर्ष देखि नेपालि काङ्ग्रेसमा सक्रीय राजनिती गर्दै आयका । उनि मध्यम बर्गिय परिवारका हुन उनका बुवा शिक्षक पेसामा छ्न । २०४९ साल चैत्र २२ गते सिम्ता गाउँपालिकामा जन्मियका उनी १५ बर्षको उमेरमा नेपाल बिद्यार्थी संघबाट राजनिति सुरु गरेका हुन । उनले बि . स २०६४ सालमा कक्षा १० को ने.बि. संघको सभापती बाट राजनीतिक यात्रा सुरु गरे ।

उनका आमा बुवाले देखेको सरकारी जागिरको सपना छोडेर राजनिति बाट युवाले समाज परिर्वतन गर्न सक्छ भन्ने भावना बोकेका उनी १४ वर्षसम्म नेबि संघमा राजनितिक गर्दा क्याम्पस तहदेखि ने.बि संघ सुर्खेत जिल्ला सचीव सम्म रहे । ने.बि संघमा राजनितिक गरेका उनको पार्टीको संगठन बिस्तार,समाजसेवाको भवाना , लगनशिलता र राजनिति प्रतिको लगनशिलाताको कदर गर्दै सुर्खेत नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले सह- सचीवमा मनोनित गर्यो संगै नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशनबाट क्षेत्रीय पार्टी सचीवमा निर्वाचित भय ।
कुसल राजनितिज्ञ मात्र नभयर विभिन्न सामाजिक क्लव , सामाजिक संस्था र सहकारिमा आवद्ध रहि समाजमा समेत फरक पहिचान बनायका रानाले सिम्ता लाई उदाहरणीय सिम्ता बनाउने आफ्नो सपना रहेको बताउछन् ।

दिगो बिकास , जनताको आधारभुत आबश्यकता परिपुर्ति , युवा स्वोरोजगार ,हजारौं बिदेशिने युवालाई रोजगारी सिर्जना तथा जिबिको पार्जनको लागि कृषि गर्ने सिम्ताबासी कृषक लाई ब्याबसायिक कृषि र युवाको प्रेरणाको लागि आफ्नो उम्मेद्बारी रहेको तथा आफु अध्यक्ष भय ठुला सपना र भाषणमा मात्र घोषणा पत्रलाई सिमित नबनाई जनताको दुःख सुख , निम्न वर्गीय सिम्ता बासिको आधारभूत आवश्यकता, निशुल्क स्वास्थ , शिक्षा , व्यापार प्रर्वदन र पर्यटन बिकास लगायतका अधारभुत पुर्वाधार बिकास गरि सिम्ता बासिको बिश्वासलाई डग्मगाउन नदिने रानाले प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0