इन्डियन प्रीमिएर लिग (आईपिएल) मा मुम्बईले लगातार सात हार बेहोरेको छ ।
गयराती डिवाई पाटिल स्पोर्ट्स एकेडेमीमा भएको खेलमा विकेटकिपर महेन्द्रसिंह धोनीको उत्कृष्ट अन्त्यमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको हो ।

१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो । चेन्नईका लागि अम्बाती रायुडूले सर्वाधिक ४० रन बनाए । महेन्द्रसिंह धोनी २८ रनमा अविजित रहे ।

चेन्नईलाई अन्तिम ६ बलमा १७ रनको आवश्यक थियो ।
धोनीले अन्तिम बलमा चौका प्रहार गर्दै चेन्नईलाई जित दिलाए ।

मुम्बईबाट मध्यम लक्ष्य पाएको चेन्नईले जितका लागि खेलको अन्तिम बलसम्म पर्खनु परेको थियो ।

अन्तिम ओभरको पहिलो बलमा जयदेव उनादकटले ड्वेन प्रिटोरियसलाई २२ रनमा एलबीडब्लु आउट गरे । दोश्रो बलमा ब्राभोले एक रन लिँदै महेन्द्रसिंह धोनीलाई स्ट्राइक दिए । अन्तिम चार बलमा १६ रनको आवश्यक परेको थियो । धोनीले तेस्रो बलमा छक्का प्रहार गरे ।

यस्तै, चौथो बलमा चौका प्रहार गरेका धोनीले पाँचौं बलमा दुई रन बटुले ।त्यसपछि खेलको टुङ्गो अन्तिम बलमा लाग्ने पक्का भयो। जितका लागि चेन्नईलाई चार रन आवश्यक थियो ।
अन्तिम बलमा धोनीले चौका प्रहार गरेपछी चेन्नईले रोमान्चक जित दर्ता गरायो ।

त्यसअघि चेन्नईका ओपनर ऋतुराज गायकवाड गोल्डेन डक, मिचेल सान्टनार ११, शिवम दुबे १३,रविन्द्र जडेजा ३ रनमा आउट भए । ओपनर रोबिन उथप्पा ३० रनमा आउट भए । मुम्बईका ड्यानियल साम्सले ४ विकेट तथा जयदेव उनादकटले २ र राइली मेरिडीथले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली मुम्बईले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो । मुम्बईका तिलक बर्माले सर्वाधिक ५१ रनको अविजित इनिङ खेले । ओपनर रोहित शर्मा र ईशान किशन डक आउट, डेवाल्ड ब्रेभिस ४ ,सूर्य कुमार यादव ३२, हृतिक शोकिन २५ र काइरन पोलार्ड १५ रनमा आउट भए ।
जयदेव उनादकट १९ रनमा अविजित रहे ।
चेन्नईका मुकेश चौधरीले ३ विकेट तथा ड्वेन ब्राभोले २ विकेट लिए ।

जितपछी चेन्नई ७ खेलमा २ जित र ५ मा हार सहित लिग तालिकाको नवौं स्थानमा छ भने लगातार ७ खेलमा पराजित मुम्बई अन्तिम स्थानमा छ ।
लिग तालिकाको शिर्ष स्थानमा गुजरात तथा बेंगलोर दोस्रो स्थानमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0