धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ४१ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४१.७७ अङ्कले ओरालो लागेर दुई हजार ३४३.८७ अङ्कमा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.८२ अङ्कले ओरालो लागेर ४४४.१५ मा सीमित भएको छ । कूल २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर रु एक अर्ब ५० करोड ६९ लाख दुई हजार ९५६ मूल्यमा खरिद बिक्री भए ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब २४ अर्ब ८६ करोड ५५ लाख बराबर भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ १६.५४, व्यापार ११.७९, होटल तथा पर्यटन ४९.७१, जलविद्युत् ६९.१, जलविद्युत् ८०.३, निर्जीवन बीमा ३४२.३७, उत्पादन ९३.४४, अन्य ५२.५१, लघुवित्त ३६.२२, जीवन बीमा २६३.९६, सामूहिक लगानी कोष ०.११ र लगानी १.५७ अङ्कले ओरालो लाग्यो ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड ९६ लाख २६ हजार ५५५ बराबरको कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0