सुर्खेत । युवा व्यवसायीक विशाल ढकालले आगामी बैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यवसायीक प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता गराएसँगै युवा व्यवसायीक विशाल ढकाल (बिन्द्र जैसी)ले व्यवसायीक हकहितका लागि संगठन सुधारमा लाग्ने बताएका छन् । आफु व्यवसायीकमा समावेश भएदेखि हरेक व्यवसायीकहरूको बीचमा रहेर काम गरेको र प्रत्येक व्यपारीलाई सहयोग समेत गरेका बताएका छन् ।

यस्तै, पछिल्लो समय युवा व्यवसायीकका रूपमा उधाएका ढकाल सबै व्यपारीकाबीचमा लोकप्रिय छन् । ढकालले आफ्ना विभिन्न कम्पनी अर्थात् पसलहरूमा करिब ४० जना युवाहरूलाई रोजगारी समेत दिँदै आएको बताएका छन् ।

ढकाल विगत १० वर्षदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यवसायगर्दै आएका छन् । ढकालले वीरेन्द्रनगरमा न्यू विशाल इञ्जिनियरिङ वर्कशप, विशाल जेनेरल एण्ड अर्डर सप्लायर्स र फेसियल हाउस सक्रिया रूपमा सञ्चालनमा ल्याएका छन् ।

ढकाले यी सबै कम्पनीमा गरेर करिब ४० जनालाई रोजगारी समेत दिएको जनाएका छन् । ढकाल २०७५ सालमा भएको सुर्खेत उद्योग वाणिज्य संघको चुनावको सदस्यपदमा पराजित भएका थिए भने यस पट्को चुनावमा पुनः सदस्यमा उम्मेदवारी दिएका छन् ।

यस पटको निर्वाचनमा भने ढकालले धेरै व्यवसायीकहरूमा आउँने विभिन्न समस्याहरूलाई समाधानमा सक्रिय भूमिका खेलेका थिए । साथै कोरोना महामारीको समयमा भएको लकडाउनमा पनि ढकालले धेरै व्यापारी तथा नागरिकको समस्यामा मलहम लगाउँने काम गरेका थिए ।

त्यसैले यस पट्को संघको निर्वाचनमा विजयी भएको खण्डमा संघका र सबै व्यपारीहरूको हितमा काम गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0