नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरूको सन्कीपनले देशको नीतिहरू भाँडिएको आरोप लगाउनुभएको छ । आज सोमवार काठमाण्डाैमा स्वास्थ्य वैज्ञानिकहरूको आठौँ सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयाे, ‘केही मानिसहरूको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन् । केही मानिसहरूका कारण हाम्रा नीतिहरू गलत ठाउँमा गएका छन् । आज हामीसँग विदेशी मुद्राहरूको सञ्चिति छैन, चिन्ता व्यक्त भइरहेको छ । किनभने हामीले धेरैभन्दा धेरै निर्यात गरिरहेका छौँ । त्यो मात्रै होइन, आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा विद्यार्थीहरू पढ्नका लागि विदेश पलायन भइरहेका छन् । त्यसले हाम्रो मुद्रा कति बाहिरिरहेको छ । के हामीले यसको कुनै आँकलन गरेका छौँ ? जनशक्ति उत्पादन गर्ने काममा कति ध्यान दिएका छौँ ?’ 
सचिव भट्टराईले कुनै पनि उमेर समूहका मानिसहरूलाई स्वास्थ्यको आधारभूत सेवाबाट वञ्चित गर्न नहुने पनि बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0