त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले लगातार दोश्रो जित निकालेको छ ।

पहिलो खेलमा पपुवा न्यू गिनिलाई हराएको नेपालले बुधबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियामाथी सहज जित निकालेको हो ।
मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा मात्रै ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपाललाई जित दिलाउन आसिफ शेखले सर्वाधिक ५७ रनको योगदान दिए ।
यस्तै दिपेन्द्र सिंह ऐरीले २१ रन बनाउँदा रोहित पौडेलले १२ रन बनाए  ।आजको खेलमा डेब्यु गरेका दिलिप नाथ १५ तथा कुशल मल्लले २ रनमा अविजित रहे ।

मलेसियाका पवनदिप सिंहले २ तथा मुहमद अमिर र सेइद अजिजले समान १/१ विकेट लिए ।

यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १४ रन बनाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0