इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुआत गरेको छ ।

मुम्बईमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै कोलकत्ताले सुखद सुरुआत गरेको हो ।
वान्खडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पूरा ओभर खेल्दै ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।
चेन्नईका लागि महेन्द्र सिंह धोनीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै रोबिन उथप्पाले २८ रन जोड्दा कप्तान रविन्द्र जडेजाले अविजित २६ रन बनाए । अम्बाती रायडु १५ रनमा आउट भए ।

१ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।

कोलकत्ताको जितमा अजिन्का रहाणेले ४४ रन जोडे ।
यस्तै साम विलिङसले २५, कप्तान श्रेयस एयरले २०,नितिश रानाले २१ तथा भेन्कातेस एयरले १६ रनको योगदान दिए ।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए ।

आईपीएलमा आज दुई खेल हुँदैछन ।
पहिलो खेलमा दिल्ली क्यापिटल र मुम्बई इन्डियन्स भिड्दा दोश्रो खेलमा पञ्जाव किङ्सले रोयल च्यालेन्जर्स बैङ्लोरको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0